एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

736
views

काठमाडौं, ७, चैत । नेकपा (एमाले) ले आजका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकमा झलनाथ खनाल–नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरुलाई समेत बोलाइएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ ।

बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश छ । बैठकमा नेता बामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहने जनाईएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नेता गौतमले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका थिए ।

अहिले विहान १०ः३० बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जनाईएको छ ।