एमालेको संशोधित विधान पारित, गौतम सहभागी, नेपाल समुहको बहिष्कार

1034
views

काठमाडौं, ७, चैत्र । आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय संशोधित विधान पारित गरेको हो । बैठकमा बामदेव गौतम सहभागी भएका छन् भने माधवकुमार नेपाल–झलनाथ खनाल समुहले बहिष्कार गरेको छ ।

पार्टीमा गुटगत गतिविधि भएको भन्दै मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय कमिटीले विधान संशोधनको मस्यौदा दलको बैठकमा पेश गरेको थियो । उक्त मौस्यौदा बैठकले पारित गरेको मुख्य सचेतक भट्टराईले बताए ।

संशोधित विधानमा समूहगत माग राख्न नपाइने, माग राखेमा कारबाही गर्ने, संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाउने र पार्टीभित्र गुटगत राजनीति गर्नेलाई बोर्डले स्पष्टिकरण सोध्ने व्यवस्था गरिएको छ। एमाले संसदीय बोर्डमा २७ सदस्य हुने व्यवस्थालाई संशोधन गरेर त्यो संख्यालाई २९ बनाइएको छ ।

दलको उपनेता दलको नेताले नै तोक्ने वा मनोनयन गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाबाट मात्र दलको नेता चयन गर्न व्यवस्थासमेत विधानमा गरिएको भट्टराईले बताए ।

संशोधित विधानमाथि बैठकमा वामदेव गौतमसहित १० जना सांसदले धारणा राखेका थिए ।