देशभरका शिक्षणसंस्था चारदिनका लागि बन्द

567
views

काठमाडौं, १६, चैत्र । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले बायुप्रदुषणका कारण देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । केहीदिनदेखि बढेको वायु प्रदूषणबाट बालबालिकालाई जोगाउनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।