कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम कम भएन दुइ वर्षमा १८ जनाको मृत्यु

909
views

सुर्खेत । सुर्खेतदेखि दैलेख कालिकोट हुँदै जुम्ला पुग्ने कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

विश्व बैँकको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त राजमार्गमा वर्षेनी दुर्घटना बढ्दै गएका छन् ।
साँघुरो र पहाडी भेगमा सडक खण्ड परेका कारण दुर्घटनाका घटना वर्षेनी यात्रुहरुले सास्ति भोग्दै आएका छन् भने हजारौँ घाइते भएका र सयौँजनाले ज्यान गुमाउनु परेको छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुइ आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परि १८ जनाको मृत्यु भइसकेको छ ।

आर्थिक वर्ष ०७६÷७७ र ०७७÷०७८ मा दुइवटा टिप्पर र ट्रक ६ वटा बस,६ जिप कार, ट्याक्टर ४ वटा २ वटा अटो,टेम्पो, र सातवटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा १६ वटा सवारिसाधन दुर्घटना भएक छन् । जस्मा चारवटा ट्रक ट्याङकर,एक बस, सातवटा जिप÷कार, एक ट्याक्टर दुइवटा अटो टेम्पो, एक मोटरसाइकल गरि १६ वटा सवारि साधन दुर्घटना भएका छन् ।

दुइ वटै आर्थिक वर्षमा ४४ वटा सवारिसाधन दुर्घटनामा परेका छन् । दुर्घटना हुनेमा जिप र कारको संख्या धेरै रहेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका डि एस पि वीरेन्द्र विश्वकर्माले जानकारि दिए ।
उक्त राजमार्गमा वर्षेनी दुर्घटनाको संख्या बढ्दो भएपनि गहनरुपमा सम्बन्धित निकाएको ध्यान जान सकेको छैन ।
२०६३ चैत्र ३० गतेबाट संचालनमा आएको कर्णाली राजमार्गको लम्बाई दुइ सय ३२ किलोमिटर रहेको छ ।

पहाडको साघुँरो भएका कारण यो राजमार्गमा यात्रा गर्नेको मुटु नझस्किने सायद कमैको होला कोहलपुरबाट दैलेखजादे गरेका वीरेन्द्र चौधरीले भने,‘यात्रा गर्दैगर्दा पनि घर पुग्छुभन्ने विश्वास लाग्दैनवासनै हराउँछ ।

कर्णाली राजमार्गको बारेमा अरुले कुरा गरेको सुनेपनि आफु संयम यात्रा गर्दा डर लागेको चौधरीले बताए ।
‘पहिले कर्णाली राजमार्गको नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने,‘प्रत्यक्ष आफैले यात्रा गर्दा त होस ने उड्यो ।’
प्छिल्लो समय सडकको अवस्था केहि रुपमा परिर्वतन भएपनि साघुँरो बाटो र पहाडको ठाउँ भएकाले जोखिम उत्तिकै रहेको दैलेखका नरेन्द्र कठायतको भनाई रहेको छ ।
‘कर्णाली राजमार्गमा आवतजावत गर्दा गुड्ने र त्यसैमा सडकको साघुँरो अवस्थाले वर्षेनी दुर्घटना भइरहनछन् ,’कठायतले भने,‘दुर्घटनाको जोखिम कम गर्न सडक फराकिलो बनाउन सरकारको ध्यान जान जरुरि छ ।’

कर्णाली राजमार्गम फोर्स गाडी चलाउन थालेको तीन वर्ष भए पनि ढुक्कसँग घर पुग्छु भन्ने विश्वास नलाग्ने दैलेखका शिव थापाले बताए ।
कर्णाली राजमार्गका लागि प्रदेशबाट कुनै कार्यक्रम नरहेको संघले हेर्ने भएकाले थाह नभएको भौतीक पुर्वाधार मन्त्रालयले जनाएको छ ।