कर्णालीमा परम्परागत गहना ओझेलमा

841
views

सुर्खेत । गाउँघर होस वा सहर फुली बुलाकी लगायतका पुराना गहनाले सजिएकि महिलाहरु थुप्रै भेटिन्थे तर पछिल्लो समय पुराना गहना लगाउने महिलाहरु कमै भेटिन्छन् । आधुनिक परिवेश र रहनसहनमा परिर्वतन भएसँगै गाउँघरमा लगाइने गहना लोप हुँदै गएका छन् ।

बजारमा आएका आधुनिक गहनासँगै महिलाले लगाउदै आएका फुली, चक्ली, बुलाकी, मडहरी, चन्द्रमा लगायतका पुराना गहना ओझेलमा पर्दै गएका छन् ।

पहिले पहिले विहेवारी नभएपनि गहना लगाउने चलन थुप्रै हुन्थ्योे अहिले त्यो चलन नरहेको दैलेखकि जशु थापाले बताउँछिन् । उनले भनिन्,‘पहिले हामी विहे नहुँदै गहना पहिरिन्थ्याँै अहिले बजारमा आएको नयाँपनले पुराना गहना ओझेलमा पर्दा दुःख लागेको छ ।

‘पहिलेकि चेलीको घरमा मगनी गर्न जादा घुसघुसे शैलीमा मलाई दुइ तोला, पाँच तोला गहना लगाउने नत्र बिहेनै नगर्ने चलन थियो भने अहिले आधुनिक फेसन र सुन अत्यधिक महंगिएसँगै लगाउनै छोडेका छन् ।

पहिले गाउँघरमा पुग्दा सबैका कान नाखमा फुली बुलाकी चन्द्रमा लगाएर नाक,कान, गलामा सुनले झिलमिल टल्किन्थे तर अहिले त्यस्तो छैन, थापाले भनिन्,‘ अहिले पातलो रुपमा मात्र गहना लगायको देख्न पाइन्छ ।’

परम्परादेखि चल्दै आएको संस्कृति रितिरिवाज आधुनिक परिवेशका कारण र अत्यधिक मुल्य वृद्धिका कारण यसरि लोप हुँदै जाने हो भने हाम्रो सुहाउँदो पुरानो सस्कृति परम्परा सधैभरिका लागी लोप हुने कालिकोटकि रामसरा शाहीले चिन्ता व्यक्त गरिन् ।

यसरि अत्यधिक मुल्य वृद्धिका कारण र आधुनिक परम्परा अँगाल्दै गएमा भावी पुस्तासम्म नरहने शाहीको भनाई छ ।

पहिले पहिले गाउँघरमा हातमा काडें चुरा रानी चुरा, कान र नाकमा सुनका गहना गलामा मङ्गलसत्र र विभिन्न पोतेहरुले भरिभराउ हुन्थे भने अहिले फाट्टफुट्ट रुपमा मात्र लगाउने गरेको दैलेखकि ४५ वर्षिय पानसरि बुढा बताउँछिन् ।

‘हाम्रो पालामा सबैले फुली बुलाकी,मडहरी लगायतका थुप्रै गहना लगाउँथ्यौँ तर अहिलेकाले लगाउनै छोडे । चक्ली फुली बुलाकि त पुरानो मान्छेले लगाउने हो समयसँगै आफुहरु पनि परिर्वतन हुनुपर्ने बताउँछिन् दैलेखको ठाटीकाँधकी नमुना शाही ।

‘एककाइसौ शताब्दीका हामी पुरानै कुरामा अल्झिनु हुँदैन समयसँगै परिर्वतन हुनुपर्छ किन महंङ्गा सुन लगाउने कानमा रिङ र नाकमा नथनि भए पुग्छ ।