सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को सुर्खेत जिल्ला भेला सम्पन्न भएको छ । सोमवार वीरेनद्रनगर सुर्खेतमा रहेको सुर्खेत शिक्षा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
कर्यक्रममा नेकपा(क्रान्तिकारी माओवादीका) पोलिटव्युरो सदस्य चक्रपाणि शर्मा र अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य हिमाल रसाईलीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको बताइएको छ ।
विद्यार्थी नेताहरुले शैक्षिक ब्यापारीकरण,माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निःशुल्क, सर्बसुलभ ब्यबहारिक, बैज्ञानिक जनवादी शिक्षा लागू गराउन अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र बहादुर शाहीले बताए ।
भेलालालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य चक्रपाणि शर्मालेदेशमा भइरहेको शैक्षिक माफिया दलालहरुलाई ठोक्नुपर्ने दिन आएको र त्यो काम अनेरास्ववियु (क्रान्तिकारी)ले मात्र गर्नसक्ने बताए । उनले भने अरु विद्यार्थीहरु संगठनहरु माफियालाई कार्वाही गर्नुको साटो उल्टै उनीहरुसँग नाता गाँसेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य दिपक शाहीले शिक्षामा भइरहेका व्यापारिकरण माफियाकरणका विरुद्ध कडा प्रतिरोध गर्न सम्पुर्ण विद्यार्थी एक ठाउँमा गोलबद्धहुनुपर्ने बताए ।










