गण्डकी प्रदेश सरकारका माओवादी केन्द्रका दुईजना मन्त्रीद्धारा राजिनामा

389
views

काठमाडौं । गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्‍यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।

स्रोतले भन्यो,ु राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।ु उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।

गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्रीहरू थिए। उनीहरूले राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजीनामा दिएको बताएका छन्।

मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको बताइएको छ। बुधबार नै प्रदेशसभाको बैठक बस्दै छ। राजीनामाबारे संसदीय दलको तर्फबाट कानुनमन्त्री रहेका चुमानले जानकारी गराउने बताइएको छ।