पत्रकार शर्मा जनसेवाश्री पदकबाट बिभुषित

1133
views

पर्वत, २७, चैत्र । नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष दुर्गा प्रसाद शर्मा जनसेवाश्री पञ्चम पदकबाट बिभुषित भएका छन् । न्युज डबली अनलाईन न्युज पोर्टलका सम्पादक समेत रहेका शर्मा राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित बिशेष समारोहमा राष्ट्रपति बिद्यादेबी भण्डारीबाट बिभुषित भएका हुन् ।

पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर दुईदशक भन्दा लामो समय देखि पत्रकारिता गर्दै आएका शर्माले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले संबिधान दिवसको दिन गत बर्ष असोज ३ गते जनसेवाश्री पदकबाट बिभुषित गर्ने निर्णय गरेको थियो ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुलेमा जन्मनु भएका शर्मा २०५६ देखि पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् ।