शिवालय खानेपानी संस्थाको अध्यक्षमा–श्रेष्ठ

632
views

पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रविकुमार श्रेष्ठ विजयी छन् । श्रेष्ठले निकटतम प्रतिद्धन्दी फुलराज लामिछानेलाई २ सय ६५ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । लामिछाने ३ सय ३६ मत प्राप्त गरेका थिए ।

लोकतान्त्रिक समूहको नेतृत्वका श्रेष्ठको सबै प्यानल विजयी भएको छ । उपाध्यक्षमा तुप्ला शाक्यले ५ सय ५२ मत ल्याएर विजयी भएकी छिन् । प्रतिद्वन्दी भीमप्रसाद श्रेष्ठले ३ सय ५८ मत ल्याएका थिए ।

सचिवमा तेजेन्द्रवहादुर सुवेदीले ५ सय ६४ मत प्राप्त गरि विजयी एका छिन् भने निकटतम कुलप्रसाद श्रेष्ठले ३ सय ४८ मत ल्याएर पराजित भए ।

कोषाध्यक्षमा कृष्णराज पौडेलले ५ सय ७७ मतले विजयी भ एभने राम गिरीले ३ सय ३२ मत ल्याएर पराजित भएका छन् ।

सदस्यहरुमा राधाकुमारी शर्मा मणि मेडिकलले ६५०, राधाकुमारी शर्मा पौडेलले ५ सय ६८, राममाया श्रेष्ठले ५२५, गणेशवहादुर भण्डारीले ५ सय ६९ र बेदप्रसाद आचार्यले ५ सय ५७ मत ल्याएर विजयी भएका छन् ।

कार्यसमिति चयनमा सहमती नभएपछि लोकतान्त्रिक र वामपन्थी प्यानल बनाएर उपभोक्ताहरु चुनावी मैदानमा उत्रिएका हुन् । कुश्मा नगरपालिका ४, ५, ६ र ७ का उपभोक्ताहरु खानेपानी संस्थाको मतदाता रहेका छन् ।