दोलखाको सिंगटीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु

725
views

दोलखा, ३१, चैत्र । उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिंगटीमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वागमती प्रदेश ०१०२३ च ७५८० नम्बरको बोलेरो सिंगटी चारगोलाईमा दुर्घटना भएको हो । दुर्घटनामा बिगु गाउँपालिका–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्डिका खड्काको मृत्यु भएको प्रहरी निरीक्षक रञ्जन कोइरालाले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का रहेका छन् ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।