मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी

499
views

काठमाडौं, ७, बैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि प्रस्ताव टेबल हुन नदिन मुख्यमन्त्रीसहितका सरकार पक्षका सांसदले बैठक अवरोध गर्दै आएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिएको थियो ।