गण्डकी प्रदेशमा २७ गते अविश्वासको प्रस्तावमाथि मतदान

546
views

पोखरा, २३, बैशाख । गण्डकी प्रदेशमा स्थगित भएको प्रदेश सभा बैठक २७ गते बस्ने भएको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो तर राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको बैठक २७ गते बस्ने भएको हो ।

सोही दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेपछि सत्तारुढ नेकपा एमालेले २८ गते र विपक्षी दलहरुले २६ गते बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् ।

सत्तारुढ दलल र विपक्षी दलको अडानपछि सभामुखले २७ गते नै बैठक बस्ने प्रस्तावमा दलहरु सहमत भएका छन् ।