प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ठाकुर र महतो

673
views

काठमाडौं, १७, जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न उनीहरू बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच सरकारमा सहभागी हहुने विषयमा छलफल भइरहेको जसपाका एक नेताले बताए ।

जसपालाई ८ मन्त्रालय दिने दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।