कोरोनाको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ

431
views

एजेन्सी । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३ सय ५० भन्दा बढीलाई पक्राउ गरिएको छ ।

यो घटना मानवता बिरोधी अपराध सरह भएको भारतीय अधिकारीहरुले बताएका छन् । भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्दै जाँदा दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने गरेको खुलाशा भएको हो ।