बेलायतका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा

357
views

काठमाण्डौं, १३, असार । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी समेत मागेका छन् ।

सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् ।

बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा संक्रमित छन् भने थप २४ जनाको मृत्यु भएको छ ।