भीमफेदी(कुलेखानी सडकखण्ड सञ्चालनमा

425
views

हेटौंडा । हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी(कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ।

मंगलबार बिहानदेखि परेको अविरल पानीले खसेको पहिरो पन्छाएसँगै सडकखण्ड सञचालनमा आएको हो। भीमफेदी गाउँपालिका वडा नम्बर(६ साउनेखोल्चीमा आएको पहिरो पन्छाएर बाटो सञ्चालनमा ल्याइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

उनका अनुसार हाल यस मार्गमा कुनै पनि अवरोध छैन। तर ३ दिनमा ३ पटक पहिरो खसेको साउनेखोल्चीमा पहिरोको जोखिम भने कायमै छ।