मैले अब ओलीको साथ छोड्दिनः गौतम

735
views

काठमाडौं, १८, असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गौतमले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् । शुक्रबार बसेको एमाले केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष गौतमले पार्टीका मुख्य नेतालाई अपमान नगरी एकता गर्न समेत सुझाएका छन् ।

‘माधव नेपाल पार्टीको वरिष्ठ नेता भएको भन्दै गौतमले उहाँलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
पार्टीको तल्लो पंक्तिलाई भड्कििन नदिन पनि नेपाललाई सम्मान गर्नुपर्ने गौतमको भनाई छ । पार्टीमा मित्रघातको भावना नराख्न पनि उनले आग्रह गरे ।

एउटै पार्टीमा रहेर आफ्नै अध्यक्ष र प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गर्नु नेपाल समुहको गलत कार्य रहेको भन्दै उनले नेता नेपाल पक्षको आलोचना पनि गरे ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तटस्थ बसेका गौतम यसअघिका पार्टी बैठकमा उपस्थित हुने गरेका थिएनन् । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि ओलीले गरेका एकलौटी निर्णयमा गौतम असन्तुष्ट थिए ।