अवैध कमिटीको अल्टिमेटम मान्दैनौं – रामकुमारी झाँक्री

465
views

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मान्न बाध्य नहुने प्रतिक्रिया दिएकी छन् ।

शुक्रवार बसेको एमालेको केन्द्रीय समिति बैठकमा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तीन दिने अल्टिमेटम दिएसँगै झाँक्रीले उक्त प्रतिक्रिया दिएकी हुन् ।

उनले अवैध कमिटीले दिएको अल्टिमेटको कुनै अर्थ नरहेको बताईन् । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित शुक्रबार केन्द्रीय समितिको १३ औँ बैठक डाकेको थियो ।

तर, पार्टीको असन्तुष्ट पक्ष माधवकुमार नेपाल समूह उक्त बैठकमा सहभागी छैनन् ।