काठमाडौं, २१, असार । सञ्चारकर्मी रुपा सुनारले मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
आइतबार मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै दायर रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।