सुनको मूल्य चारसयले बढ्यो

505
views

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । बुधबार सुन तोलामा ४ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।