भोलिदेखि यसरी चल्दै लामो दूरीका यातायात

1356
views

काठमाडौं, ३१, असार । सरकारले साउन १ गते देखि लामो दूरीका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारीसाधन चल्न दिने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए ।