महाकाब्यकार त्रिपाठीको जन्मउत्सव

591
views

गोबिन्द तिमिल्सिना
पोखरा, २, साउन । हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औ जन्मउत्सव शनिबार हेमजामा मानाइएको छ ।

कार्यक्रममा सस्थापक सचिब कोबिदशरण उपाभ्यायले त्रिपाठीलाई जन्मदिनको शुभकामना दिदै प्रतिष्ठान नेपालको इतिहासको बारेमा उल्लेख गरेका थिए ।

कार्यक्रममा सल्लाहाकार केशवशरण पौडेल, सल्लाहाकार बसन्त बास्तोला, शिक्षासेवी भुवनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भिमप्रसाद श्रेष्ठले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा शिव त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्वारा रचित कविता बाचन गरेका थिए ।

प्रतिष्ठान नेपलका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।