मनाङमा बाढीले झोलुंगे पुल बगायो

400
views

मनाङ, ६ साउन । मनाङको चामे बजारमा रहेको माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बाढीले बगाएको छ । मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीका अनुसार गएराती आएको बाढीले एक पुल वगाउनुको साथै अर्को पुल जोखिममा छ ।

झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको हो ।

गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुनेबित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।