कोभिसिल्डको दोस्रो डोज खोप पर्सिदेखि

417
views

काठमाण्डौं, २३, साउन । कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप लगाईने भएको छ । हिजो भुटानबाट काठमाडौं ल्याएको तीन लाख डोज एस्ट्राजेनेका तथा आज र भोलि जापानबाट आउने ८ लाख डोज एस्ट्राजेनेकाकै खोप पर्सिदेखि नागरिकले पाउने भएका हुन् ।

यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ ।

प्रदेश–१ र प्रदेश–२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने छ । गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।