हेटौँडा, १५, भदौ । वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् ।
राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ, बसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, मुनु सिग्देलले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।
उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ ।











