बढ्यो सुनको भाउ

444
views

काठमाण्डौं, २०, भदौ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।