बाह्य मत्स्य अनुसन्धान केन्द्रस्थल स्याङ्जा

519
views

पोखरा, १०, असोज । मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।

अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एक्वाल हुसेन, पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरी, कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवाल लगायतले पोखरीमा माछाका भुरा छोड्नु भएको थियो ।

मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एक्वाल हुसेनले केन्द्रले अनुसन्धान गरेर सफल भएका प्रविधि किसानको पोखरीमा लैजाने र किसानलाई प्रविधि सिकाउदै उत्पादन बढाउने बताउनु भयो ।

गण्डकी प्रदेशमा माछाको माग राम्रो भएपनि भुरा उत्पादन एकमात्र ठाउँमा हुने र किसानले माछा उत्पादन पनि धेरै गर्न नसकेको बताउनुभयो । मत्स्य विज्ञले दिएको निर्देशन अनुसार न्यूनत मूल्यको दाना खुवाएर लागत मुल्य घटाउदै आम्दानी बढि लिन सक्ने बनाउने जनाउनुभयो ।

पुतलीबजार नगरपालिकाका उप–प्रमुख महेश पुरीले विज्ञहरुको ज्ञानसिप किसानहरुलाई हस्तान्त्रण गर्न सके किसानले मनग्य आम्दानी लिनसक्ने बताउनु भयो । नगरपालिकाकाले आधिंखोलामा समेत माछाको भुरा छाड्ने गरेको तर खोलाको माछामा जोगाउन मुस्किल भएको बताउनु भयो । नगरपालिकाले घर घरमा कृषिमा रोजगार दिदै आत्मनिर्भर बनाउन प्रयास गरिरहेको बताउनु भयो ।

कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवालले अनुसन्धानबाट प्रमाणित भएका प्रविधिलाई किसानकै सहभागितामा बाह्य अनुसन्धान स्थलमा परिक्षण गर्न शुरु गरिएको बताउनु भयो ।

कार्यक्रममा वडानं ७ का जनप्रतिनिधि रविविक्रम केसी,भेटनरी अस्पताल पशु विज्ञकेन्द्र स्याङ्जाका गोपाल गिरी, बाडखोला मत्स्य पालन समुहका सचिव नेत्रबहादुर सेन लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।