हुम्लाको खार्पुनाथमा घर पुरिँदा ६ जना बेपत्ता

345
views

हुम्ला, ३, कार्तिक । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडाका धनबिरे शाहीको घर पुँरिदा उनीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका छन् ।

घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले बताए ।

वर्षाका कारण सदरमुकाम सिमकोटबाट राति सुरक्षाकर्मी घटनास्थल पुग्नसक्ने अवस्था नरहेको र घटनास्थलनजिकैको याङ्चु प्रहरी चौकीसँग वर्षाकै कारण सम्पर्क हुन नसकेकाले बिहानमात्र संयुक्त सुरक्षा टोली पठाइने हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए ।