एएफसी २३ वर्षमुनीको एसियन कपः नेपाल र लेबनान खेल्दै

353
views

काठमाण्डौ, १४, कार्तिक । एएफसी २३ वर्षमुनीको एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग खेल्दैछ ।

नेपाल र लेबनानबीचको खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

अङ्कविहीन नेपाल अङ्कतालिकामा पुछारमा छ । ताजिकिस्तान शीर्ष स्थानमा छ । समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनीको एसियन कपमा छनोट हुनेछन् ।