मुल्यवृद्धि बिरुद्ध अखिल (क्रान्तिकारी) ले आयल निगम घेराउ गर्दै

605
views

काठमाडौ, १४, कार्तिक । अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध आइतबार आज १ बजे टेकु स्थित आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले एक वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरिएको छ ।

त्यसैगरी अखिल क्रान्तिकारी सहित अन्य विध्यार्थी संगठनहरुले पनि संयुक्त रुपमा वक्तव्य जारी गर्दै मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।