प्रधानन्यायाधीशबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव आएपछि न्यायाधीशहरु छलफलमा

447
views

काठमाडौं, १५, कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेका छन् । प्रधानन्यायाधीश राणाले सहकर्मी न्यायाधिश मनोज कुमार शर्मासँग आँफु सम्मानजनक बहिर्गमन हुने प्रस्ताव राखेका हुन् ।

जवराको उक्त प्रस्ताव आएपछि प्रधानन्यायाधीशको धारणा बुझ्न तीन जना न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज कुमार शर्मा रहेको वार्ता टोली गठन गरिएको थियो ।

टोलीले प्रधानन्यायाधीशसँग एक चरण छलफल समेत गरिसकेको छ । प्रधानन्यायाधीशसँगको भेटमा न्यायाधीशहरुले सके तत्काल र नत्र केही समय बिदा बसेर राजीनामा दिन आग्रह गरेका छन् ।

उनीहरुले आजका लागि प्रधानन्यायाधीशले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका छन् । यसबारे प्रधानन्यायाधीश सकारात्मक रहेपनि राजीनामा दिनुपर्ने आग्रहलाई भने अस्वीकार गर्नुभएको छ ।

न्यायाधिशहरुले प्रधानन्यायाधीश राणालाई सम्मानजनक बहिर्गमनको लागि केहीदिन समय दिने पनि निकर्ष निकालेको छ ।