बाटैभरी सेनाको बिस्फोटक पदार्थ

548
views

महेन्द्रनगर, १८, मंसिर । दार्चुलाको दुहु गाउँपालिका- २ कुकुडेगाडमा ट्याक्टर दुर्घटना हुँदा सेनाको बिस्फोटक पदार्थ छरपस्ट भएको छ ।

बिस्फोटक पदार्थ बोकेर ब्याँस गाउँपालिकातर्फ गईरहेको नेपाली सेनाको ना १ त ९०१० नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले ब्यास गाउँपालिकाको छाङरु जोड्न महाकाली किनार घोरेटो बाटो खनिरहेको छ । सडकमा परेको कडा चट्टानी भू-भाग भत्क्याउनका लागि सेनाले बिस्फोटक पदार्थ लैजाँदै गरेको थियो ।

गत बर्षदेखि नेपाली सेनाले उक्त क्षेत्रमा बाटो बनाउन सुरु गरे पनि काम सुस्त छ ।