पोखरा, २०, मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एकजना युवाको मृत्यु भएको छ । आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँले जनाएको छ ।
शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको जिल्ला प्रहरी तनुहँुका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे ।
गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको हो । ‘दुईजना सिकार खेल्न गएका रहेछन् । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।