बैतडी जीप दुर्घटनामा परी पाँच जनाको ज्यान गयो

311
views

बैतडी, २१, मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । पाटन बजारबाट कैलपालका लागि छुटेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको डडेलधुरा र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।