चार अमेरिकी अधिकारीमाथि चीनमा प्रतिबन्ध

463
views

बेइजिङ, ८, पुस । चीनले चार अमेरिकी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । चीनको सिन्जियाङ प्रान्तका उइघुरको मुद्दा देखाउँदै प्रतिशोधस्वरुप सरकारले ती अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको बताइएको छ ।

संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन मेइनजा, सचिव नुरी टर्केल, अनुरिमा भार्गेभा र जेम्स कारविरुद्ध सरकारले प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो जानकारी दिएका हुन् ।

चीनले मंगलबार प्रतिशोधस्वरुप अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चीनको सो प्रतिबन्धपछि करिब १ लाखभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक मुस्लिम समुदाय उइघुरको बासस्थान रहेको सिन्जियाङ प्रान्तमा तनाव छाएको बताइएको छ ।

यसअघि अमेरिकाले उइघुरको मुद्दालाई लिएर चीनको राजधानी बेइजिङमा आयोजित सितकालीन ओलम्पिक्सलाई कूटनीतिकरुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो ।