जगत योगी
चामुण्डावीन्दासैनी नगरपालिका -६, दैलेख
कसरी बयान गरौ ती गरिबीले पिल्सिएका मनहरुको र खाटो बल्झियका भोका पेटहरुको दया लाग्छ …….। अनुरोध छ रारालाइ नियालेर जानुस जुन ठाउमा हजुरले बिपनाको स्वर्गीय आनन्द लिन सक्नु हुनेछ । जुन ठाउमा प्रकृतिको प्रचुर आनन्द लिएर जानुस ।
आउनुस हजुर लेखक हो लेख्नुस मेरो कथा, मेरो ब्यथा, म पछारियको कर्णाली हो । म पछि परेको कर्णाली होइन । म निस्वार्थ कर्णाली हुँ ।
म बनेको कर्णाली हुँ। म संसारलाई पहिचान दिन सक्ने कर्णाली हुँ । म आफ्नै पहिचान बोकेको कर्णाली हुँ । म दया, माया र करुणा बोकेर हिडेको कर्णाली हुँ ।
म निरन्तर बगिरहेको छु । म संग लाखौ लाख सम्भावनालाई बोकेका सास्कृतिक सम्पदाहरु छन । लाखौ जडिबुटी छन ।जब म आफैमा आफै गौरव गरेको छु
।
तिमी खोज म सधै खोजेका कुरा प्रदान गर्न तत्परता देखाइ रहने छु । के पाइदैन यहाँ मुर्ख हो ? मलाइ तालिका सार्बजनिक गर म त्यो पनि दिनसक्ने तत्परता देखाउने छु । म त्यो कर्णाली हुँ।
जुन म मयुरमा भएका रंगहरुको बास्तबविकतालाई एेनामा छल्काउने कर्णाली हुँ म । म त्यो कर्णाली हुँ । म त्यो कर्णाली हुँ । जुन चरिले मेरो भाका गाउँछ । जो हुन डाँफे , मुनाल ,कोइली ,मयुर,सुगा आदि चराहरुको चिरविर बोकेको म त्यो कर्णाली हुँ।
जुन चराहरुले मेरो गुन गान आफ्नै भाकामा गुनगुनाहट गरि रहन्छन। ती भाकाहरुमा रुमलिने म त्यो कर्णाली हुँँ। अहिलेको २१ औं सताब्दिको वैज्ञानिक युगमा जहाँ चल्दैन बिज्ञानले बनाएको ठेला सम्म ती बस्ती हरुछन म त्यो कर्णाली हुँँ।
जहाँ पानीबाट निकालिएका करोडौं उज्यालोका किरणहरु पर्दैनन् ।मेरो बस्तीमा त्यस्ता बस्ती अंगालोमा बाधेर बसेको म त्यो कर्णाली हुँ। जहाँ हर्ष मनाउनलाई लाखौ खर्च गरि उडाइन्छ । हेलिकप्टर त्यो देशको म त्यो कर्णाली हुँँ ।
जहाँ बिरामीलाई बासको घना र निगालाको डोको मा नाम्लो लगाएर घण्टौ समय लाग्ने बाटो, सिस्नु, अल्लोका झाडी पन्छाउदै ।जहाँ बिरामी पर्दा औषधी उपचार नपाएर उपचारको बाहानामा धामी झाक्री गरेर बिरामिको मनोबिज्ञानलाई सकारात्मक बनाइ रोगलाइ २० को १९ पार्ने बस्ती अंगालोमा राखेको म त्यो कर्णाली हुँँ।
अस्पतालको नाउमा हिन्दा हिन्दै जहाँ बिरामिले अन्तिम सासमा एक मुठ्ठी चिसो दर्शन ढुङ्गाको पानीको एक थोपा हिरन संग मृत्यु बरण गरेर अन्तिम सास फेर्छन म त्यो कर्णाली हुँ।
जहाँ बिरामी बोक्ने बैज्ञानिक युगको ठेला समेत चल्दैन । त्यस्ता बस्ती काखमा च्यापेको कर्णाली हु म । म त्यो कर्णाली हु जहाँ कम्युनिस्टको नेतालाई स्वागत गर्न रातो कार्पेट बिछ्याइन्छ । त्यहा स्वागत गर्न खाली पैताला हातमा फुलको गुच्छा लिएर उभिन बाध्य बनाइन्छ । म त्यो कर्णाली हुँ म त्यो देशको एक अभिन्न अंग हुँ । जहाँ बारै मास फुलफुली रहने पाटन छन म त्यो गुण बोकेको कर्णाली हुँ।
जहाँ पानीमा आगो सल्किन्छ त्यस्ता प्राकृतिक सम्पदाले भरी पुर्ण गुण बोकेको कर्णाली हुँ । यति सम्म सम्पदा, परम्परा , रितिरिवाज अनि आफ्नै मौलिकता बोकेको म त्यो कर्णाली हुँ।
त्यसैले म संग अथाह सम्पती छ । अथाह सम्पदा छन । त्यसैले म पहिचान सहितको कर्णाली हुँ । म पछि परेको कर्णाली होइन । पछारियको पछि परेको कर्णाली हुँ ।।