राष्ट्रिय सभा चुनाव : आचारसंहिता लागू

404
views

पर्वत, २६, पुस । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते चुनाव हुन लागेको हो । त्यसका लागि प्रदेश–२ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक÷ एक मतदानस्थल रहने निर्वाचन आयोगले जाएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् । आयोगले राष्ट्रिय सभा सदस्य चुनावमा सहभागी हुने दलहरुलाई हिजो चुनाव चिह्न प्रदान गरेको छ ।