नेदरल्यान्ड्समा एक नेपालीको मृत्यु

912
views

बार्सिलोना, ५ माघ । नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ । दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन् ।

एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो ।

स्कुटरमा सवार दुई जना पनि घाइते भएको बताइए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले बताए ।

आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अन्त्येष्टि गरिँदैछ ।