पेट्रोलियम पदार्थको मूल्य बढ्यो

734
views

काठमाण्डौ, ६, माघ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ ।

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । एलपी ग्याँसमा अत्यधिक घाटा भए पनि ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।