टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

594
views

काठमाडौं, ३, फागुन । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो ।

वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा छ ।