देशैभर एमसीसीको विरुद्धमा विरोध प्रदर्शन गर्ने आठ दलको घोषणा

613
views

काठमाडौं, ६, फागुन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायष्तका ६ दल र २ मोर्चाले भोली आज संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शनको घोषणा गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैध्य किरण, नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द्र समाजवादी) का संयोजक कणर्जित बुढाथोकीको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा यस्तो घोषणा गरिएको हो ।

वक्तव्यमा राष्ट्रघाती एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षार्थ आन्दोलनलाई सफल बनाउन देशभक्त नेपाली जनतामा गहिरो अपिल गरिएको छ ।

बुधबारको विरोध प्रदर्शनमा घाइते भएका क्रान्तिकारी माओवादीका नेताहरु सुरेश श्रेष्ठ लगायत सबैको निशुल्क उपचार गर्न समेत माग गरिएको छ । र, कोटेश्वरबाट गिरफ्तार गरिएका मंगल तामाङको शिघ्र रिहाईका लागि माग गरिएको छ ।