भेरी नदीमा तीन जना बालबालिका बेपत्ता

444
views

सुर्खेत, २९, फागुन । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । शनिवार बेलुका पाँच बजेतिर दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

भेरीगङ्गा नगरपालिका वडा नम्बरं ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका वडा नम्बर पाँचका ८ वर्षका दिनेश बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले वताए ।