नेपाल – पीएनजी भिड्दै

530
views

काठमाण्डौं, १७, चैत्र । त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ । नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।

साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुने खेलमा पीएनजीसँग खेल्दा आज नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय हुनेछ ।

नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । य

सअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।