युक्रेनको अर्थतन्त्र डामाडोल

672
views

काठमाडौँ, २८, चैत्र । रुसी आक्रमणका कारण युक्रेनको अर्थतन्त्र डामाडोल भएको विश्व बैंकले निष्कर्ष निकालेको छ । विश्व बैंकको रिपोर्ट अनुसार युद्धका कारण युक्रेनको अर्थतन्त्र करीब ५० प्रतिशतले खुम्चिने छ ।

युद्धले त्यहाँको व्यापार व्यावसाय ध्वस्त बनाएको छ भने निर्यात शून्यमा झरेको छ । युक्रेनको उत्पादकत्व क्षमता पनि पूरै डामाडोल अवस्थामा पुगेको निष्कर्ष विश्व बैंकको छ ।

युक्रेनको कुल ग्राहर्थ उत्पादन कम्तिमा ४५ प्रतिशतले घट्ने प्रक्षेपण छ । युक्रेनको अर्थतन्त्रलाई ढल्न नदिन ठूलो सहयोग आवश्यक पर्ने पनि विश्व बैंकले बताएको छ । उता, रुसको कुल ग्राहर्थ उत्पादन पनि ११ प्रतिशतले खुम्चिने आँकलन विश्व बैंकको छ ।

युक्रेनमाथिको आक्रमणपछि पश्चिमी देशहरुले लगाएको आर्थिक नाकाबन्दीका कारण रुसको अर्थतन्त्रमा पनि असर पुगेको र ग्राहर्थ उत्पादन घट्ने देखिएको हो ।