सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका -३ का भरत बमले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
ठाटीकाँध गाउँपालिका -३ का लालेकप्रिय युवा नेता बमले नेपाली कांग्रेसबाट सोमवार निर्वाचन अधिकृतको कार्यालय ठाटीकाँधमा वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका युवा नेता बमले आफु वडा अध्यक्ष जितेको खण्डमा वडा नम्बर तीनका जनतालाई विकासको अनुभूती हुने गरी काम गर्ने बताएका छन् ।
म अरु नेता जस्ता जनतालाई ठुला ठुला आश्वासन र गफ गर्दै हिड्दैन,’उनले भने, ‘वडा अध्यक्ष जितेको खण्डमा वडा नम्बर -३ को मुहार परिर्वतन गर्नेछु ।’
चुनावका बेला जिताइदिन भन्दै हात खुट्टा ढोग्ने र चुनाव जितेपछि टाउको बटार्दै आफ्नै स्वार्थमा रमाउने चलन छ,’उनले भने, ‘म वडा अध्यक्षमा निर्वाचित भएपछि जनताले मलाई जिताएको कुनै पछुतो हुन दिने छैन ।’