नम्रता शर्मा
पर्वत, १३, बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकको अधिकार सम्बन्धमा स्थानीय सरकार नीति योजना कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था बारे पर्वतमा सरोकारवालासँग छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्माले जेष्ठ नागरिकका अधिकारहरु सुनिश्चित हुने गरी स्थानीय सरकारले नीति योजनाहरु बनाउनुपर्नेमा जोड दिए ।
शर्माले जेष्ठ नागरिकलाई घरबाटै सम्मान गर्नुपर्नेमा जोड दिदै कागजी तथा नीति नियममा मात्रै नभई व्यवहारिक रुपमा सम्मान हुने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको सामुहिक अधिकार महाशाखा जेष्ठ नागरिक विषयगत अधिकृत कल्पना नेपाल आचार्यले आयोगले देशव्यापी अनुगमन गरेको बताउँदै जेष्ठ नागरिकका हक र अधिकारलाई राज्य तथा स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने बताईन् ।
कार्यक्रममा जेष्ठ नागरिक मञ्च पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जेष्ठ नागरिकका हक अधिकार व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा समस्या भोग्नुपरेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगको सामुहिक अधिकार महाशाखा जेष्ठ नागरिक विषयगत अधिकृत कल्पना नेपाल आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङ्ग, प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, नागरिक समाज पर्वतका संयोजक मान कुमारी गिरी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतले बोलेका थिए ।
नेपाल मानव अधिकार संगठन हुरन पर्वतका सभापति तथा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका महासचिव माधव पौडेलको सञ्चालनमा भएको उक्त कार्यक्रमको स्वागत मानव अधिकार आयोगका नासु माया गैरेले गरेकी थिइन् ।













