काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन धाँधली गरेको आरोप लगाएको छ ।
एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा समेत धाँधली गरेको आरोप लगाएको हो ।
सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
यस्तो छ विज्ञप्ति