जोमसोम, १६, जेठ । आइतबार बिहान १०ः१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार क्षतविक्षत अवस्थामा भेटिएको छ ।
दुर्घटना भएको जहाज थासाङ-२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
हराइरहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्धारका लागि घटना स्थलमा पुगेको छ ।
जहाजमा चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा, यात्रु बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर थिए ।











