प्रदेश र प्रतिनिधिसभाको चुनाव आगामी मंसिरमा हुन्छ ः प्रचण्ड

364
views

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् ।
प्रचण्डले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको वताए ।बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो वताएका हुन् ।

प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’

फाईल फोटो

उनले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’

उनले थपे, ‘तर फेरि सेक्युरिटीको हिसाबले, अरु हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’ प्रचण्डको भनाई रहेको छ ।