गजल
१. तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि ।
जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि ।।
भ्रष्टचारको अन्त्य गरी विकासको गोल मार ।
सत्तामा त्यो तिम्रो झुटो खेल आउनु अघि ।
धेरै भयो आस्वासन खवरदारी छ जनताको ।
बोली पुरा गर्छौ कहिले जेल आउनु अघि ।।
उच्च माथ निहुराएर पाउमा राख्छौ किन ??
उत्तर वाट दक्षिण वाट मेल आउनु अघि ।।
२. जव दुख पर्दा टाढा हुन्छन् आफन्ती हरुनै ।
मर्दाका मलामीहरु ज्यूँदाका जन्ती हरुनै।।
मुखले रामनाम वोल्दै वगलीमा छुरा धस्छन् ।
किन समाजका हिरो हुन्छन् सामन्ती हरुनै ??
सिद्धान्तले राज्यलाई स्वर्गनै पो वनाउँछन् ।
अरे हेर्नुस यो मेरो देशमा वामपन्थी हरुनै।।
चुनावमा अँगालै हाल्छन् कुनै कुनै पर्टिकाले ।
जित्छन् भुल्छन् आफ्नो भन्ने गन्ती हरुनै ।।
३. छातीमा सजायौ पत्थर फूल लाई कुल्चेर ।
कसोरी पाउला अत्तर फूल लाई कुल्चेर ।।
मेरो गाउँको झुपडिमा आगो लगाई गाथ्यौ ।
के दियो तिम्लाई शहर फूल लाई कुल्चेर ।।
काकाकुल झन् प्यासी भयो मुलनै सुकेपछि ।
जिन्दगी भैदियो वगर फूल लाई कुल्चेर ।।
न आफुको घर वनायो न अरुको वन्न दियो ।
कहाँ कता गयो वङकर फूल लाई कुल्चेर ।।
निर्मल पौडेल एन पि घायल फलेवास ७ लिमिठाना पर्वत ।